संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-८ जरुवापानीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार प्र १-०२-४० प ७८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सोही स्थानका ५० वर्षीय नरकुमार लिम्बुको मृत्यु भएको हो ।

Advertisement

प्रहरीका अनुसार भित्री ग्राभेल सडकखण्डको कल्भटमा स्कुटर झरेर दुर्घटना भएको थियो । उनी स्कुटरले थिचेको अवस्थामा मृत फेला परेका थिए ।

सडकको अवस्था ठीक नभएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!