
विराटनगर । मोरङमा बिजुली गएको मौका छोपेर ट्रान्सफर्मर चोरी भएको छ । सुन्दरहरैँचा नगरपालिका-२ जोगियारेमा बुधबार राती ट्रान्सफर्मर चोरी भएको हो ।
बुधबार राति तीन घण्टा बढी बिजुली गएको मौका पारेर चोरको समूहले सिंगो ट्रान्सफर्मर नै चोरेर लगेका हुन् ।
‘अहिले अर्को ट्रान्सफर्मर जडान गरेर विद्युत सुचारु भएको छ’, वडा नम्बर २ का वडाध्यक्ष विवश प्रधानले संगालोखबरसँग भने, ‘प्रहरीले पनि चोरी गर्ने समूहलाई खोजी गरिरहेको छ । अहिलेसम्म केही पत्ता लागेको छैन ।’
कसले किन ट्रान्सफर्मर चोरी गरेको हो भन्ने विषयमा नखुलेको र चोरी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













