संगालोखबर


विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरूबीच गणतन्त्रमा कहिल्यै विमति नरहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गणतन्त्र गम्भिर खतरामा पर्यो भनेर सोच्न आवश्यक नरहेको उल्लेख गरे । यस्तै अहिलेको गठबन्धनलाई माओवादीको समर्थन नरहने उनले सुनाए ।

Advertisement

उनले गणतन्त्र, नामले नभइ कामले बच्ने उल्लेख गर्दै दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने बताए । राष्ट्रपति तथा उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी तथा अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने उनको भनाइ थियो ।

 ‘राजनीतिमा आउने इच्छा भयो भने केहीले रोक्दैन’, उनले भने, ‘हाम्रै उपराष्ट्रपतिले पार्टीको सिपाहीकै रुपमा काम गर्न चाहनु भयो । गणतन्त्र सुदृढ हुँदै जानुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिले मात्रै बचाएर गणतन्त्र बच्ने हैन । नामले नभइ कामले बच्नुपर्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!