संगालोखबर


विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते दोस्रो नगर सम्मेलन गर्ने भएको छ । विराटनगर महानगर समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैशाख ७ र ८ गते सम्मेलन हुने जानकारी दिएको हो ।

सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने छन् । सम्मेलनमा तीन सय ५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक र २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलको भनाइ छ ।

Advertisement

सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्ने छ । महानगर अध्यक्षको लागि हालकी सचिव नमिता न्यौपाने र उपाध्यक्ष देव राजवंशीले दाबी गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!