संगालोखबर


विराटनगर । विराटनगरमा ‘लक्ष्य ग्लोबल नेटवर्क’को शुभारम्भ गरिएको छ । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि लक्षित गरेर यसको शुभारम्भ गरिएको जनाइएको छ ।

संस्थाको उद्‌घाटन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य वसिम आलमले गरे । कार्यक्रममा बोल्दै नेता आलमले शिक्षालाई सेवा र विश्वासको विषय मानेर काम गर्ने संस्था आजको आवश्यकता भएको उल्लेख गरे ।

Advertisement

विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिने क्षेत्र भएकाले यस्ता संस्थाहरूले इमानदार भएर काम गर्नुपर्नेमा आलमले जोड दिए । म्यानेजिङ डाइरेक्टर प्रितेश झाले विद्यार्थी र अभिभावकलाई ठगिनबाट बचाउनु पनि आफूहरूको उद्देश्य रहेको बताए ।

तीन जना युवाहरूले संयुक्तरूपमा सञ्चालनमा ल्याएको नेटवर्कले भारत, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशहरूमा उच्च शिक्षाका लागि विद्यार्थीहरू पठाउने जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!