संगालोखबर

विराटनगर । विराटनगर-७ स्थित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा काठमाडौंको तीलगंगा आँखा अस्पतालका वरिष्ठ डाक्टरहरूले सेवा दिन थालेका छन् । हप्तामा दुई दिन तिलगंगाका वरिष्ठ डाक्टरहरूले परामर्श तथा उपचार सेवा दिन थालेका हुन् ।

Advertisement

बुधबार र बिहीबार तिलगंगाकी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कन्सल्टेन्ट भिट्रियो-रेटिना सर्जन प्रा.डा. रबा थापाले उपचार तथा शल्यक्रिया सेवा दिएकी थिइन् । उनको सेवाबाट मधुमेह र उच्च रक्तचापले आँखाको पदार्मा पार्ने समस्या लिएर अस्पताल आउनेहरू लाभान्वित बनेका थिए ।

तिलगंगाकी रेटिना विभाग प्रमुखसमेत रहेकी प्रा. डा. थापाले ५२ जनालाई आँखाको पर्दासम्बन्धी जटिल रोगको विस्तृत आँखा जाँच गरेकी थिइन् भने २३ जनाको आँखाको पर्दासम्बन्धी विशेष परीक्षण गरेकी थिइन् ।

यसैगरी, प्रा.डा. थापाले १३ जनाको लेजर पद्धतिबाट, ९ जनाको आँखाभित्र सुई लगाएर उपचार गरेको र तीन जनाको आँखामा जटिल शल्यक्रिया गरेको अस्पतालका म्यानेजर नवीन राजवंशीले जानकारी दिए ।

उनका अनुसार अब प्रत्येक बिहीबार र शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ विशेषज्ञहरूको सेवा गोल्छामा उपलब्ध हुने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!