धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते
धनकुटा । धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । गएराति चौबिसे गाउँपालिका-८ फेदी स्थित कच्ची सडकखण्डमा को २ त ४९७४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ट्याक्टरका सह-चालक चौबिसे-८ चौतराका २२ वर्षीय शम्भु लिम्बु घाइते भएका हुन् । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब सय मिटर तल झरेको छ ।
ट्याक्टर घ...































