संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा चौबिसे गाउँपालिका-५ बोधेका २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मंसिर २८ गते साँझ बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि युवकलाई पक्राउ गरिएको हो ।

उनले संगालोखबरसँग भने, ‘बहिनीलाई ललाइफकाइ गरेर खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भनेर दिदीले हिजो जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।’

इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक महेन्द्र खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो गाउँघरबाटै पक्राउ गरेको हो । पक्राउ परेका खतिवडालाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत लगिएको डीएसपी खनालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!