
विराटनगर । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायब निरीक्षक रमेश प्रधान पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई २०८१ साल पुस महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरेको हो ।
उनले विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेका कारण सर्वोकृष्ट घोषित गरिएको जनाइएको छ ।
उनले पुष २५ गते धनकुटाको साँगुरीगढी गाउँपालिका-९ चाँदीबजारमा चेकजाँच गर्ने क्रममा एक सय २० किलो गाँजासहित पाँच वटा मोटरसाइकलमा सवार ६ जनालाई पक्राउ गर्न सफल भएका थिए ।

संगालोखबर 













