संगालोखबर


धनकुटा । नेपाल प्रहरी रानी विराटनगरले दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको चौबिसे गाउँपालिकाको हंसमोरङमा त्रिवेणी खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै प्रहरीले उपाधि जितेको हो ।

फाइनलमा प्रहरीले ट्रेनिङ सेन्टरलाई २६-२४, २५-२२ र २५-२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । विजेता हुँदै नेपाल प्रहरी रानी विराटनगरले नगद एक लाख २२ हजार दुई सय २२ रुपैयाँ पायो ।

Advertisement

उपविजेता कोशी प्रदेश ट्रेनिङ सेन्टरले ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझायो । कोशी प्रदेशका आठ टिमको सहभागीता रहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी प्रहरीका बालकुमार रायमाझी घोषित भए ।

उनले नगद दुई हजार पाँच सय रुपैयाँ पाए । उत्कृष्ट स्पाइकर कोशी ट्रेनिङ सेन्टरका रोशन श्रेष्ठ र मनोज घिमिरे घोषित भए । उत्कृष्ट ब्लकरमा प्रहरीका अम्बिका खत्री र उत्कृष्ट डिफेन्स प्रहरीकै युगल मगर घोषित भए । उनीहरूले जनही नगद दुई हजार रुपैयाँ पाए ।

विजयी टिम तथा खेलाडीहरूलाई पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ लगायतले पुरस्कार प्रदान गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया