धनकुटा । किरातीहरूको नयाँ वर्ष यले दोङ ५०८५ सालको अवसर पारेर धनकुटामा सुम्निमा पारुहाङ भवनको शिलान्यास गरिएको छ । मङ्गलबार किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले भवनको शिलान्यास गरेको हो ।
धनकुटा नगरपालिका-६ स्थित राई कुवा टोल साकेला पार्कमा भवनको शिलान्यास गरिएको छ । प्रमुख अतिथि किरात राई यायोक्खा केन्द्रिय कार्य समिति सचिव अस्मिका राईले भवनको शिलान्यास गरेकी थिइन् ।
किरात राईहरूको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्राहालय भवन निर्माण गर्न लागिएको यायोक्खा जिल्ला कार्य समिति कोषध्यक्ष बसन्त राईले जानकारी दिइन् ।
चालु आर्थिक वर्षमा काम सुरु गर्ने उद्देश्यका साथ ६० लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको काम आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य छ ।