
धनकुटा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण आगामी चैत्र १७ गतेबाट सुरु हुने भएको छ । धनकुटा नगरपालिका-६ स्थित तल्लो टुँडिखेलमा हुने प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।
भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा आठ टिम सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्दा करिब ४६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिका संयोजक शम्भु प्रधानले बताए । गोल्डकप सञ्चालनका लागि १० वटा उपसमिति गठन गरिएको छ ।
आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा शम्भु प्रधान, प्रचार-प्रसार संयोजकमा विदुर खवास, मञ्च व्यवस्थापन संयोजकमा विनय राई, सुरक्षा, स्वयंसेवकको संयोजकमा नविनकिशोर शाक्य र मैदान व्यवस्थापनको संयोजकमा गोविन्द राई छन् ।
यस्तै टीम व्यवस्थापन संयोजकमा सुमन श्रेष्ठ, बसोवास व्यवस्थापन संयोजकमा पुनम राणा, कार्यक्रम तयारी तथा अभिलेखीकरणको संयोजकमा रामबहादुर श्रेष्ठ, प्राथमिक उपचार संयोजकमा रोशन अमात्य र सचिवालयमा शिशिर श्रेष्ठ छन् ।