
धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । धरानबाट हिलेतर्फ जाँदै गरेको प्र १-०२-००२ ख ००४९ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया नन्द कुमारी राईको मृत्यु भएको हो ।
मंगलबार राति ९ः४५ बजे पैदल हिँडिरहेकी राईलाई ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रक चालक धनकुटा नगरपालिका-१ का ३९ वर्षीय भरत कुमार राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।