संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । धनकुटाको सहिदभूमि गाउँपालिका-३ बाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

सहिदभुमि-३ का नेजा राई र आशिष राईलाई ट्रामाडोल र स्पासपेन २० ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको इटहरी–५ बाट ट्रामाडोल एक सय ६० क्याप्सुल र स्पासपेन एक सय ६० क्याप्सुलसहित २६ वर्षीय विशाल घिमिरे पक्राउ परेका छन् ।

Advertisement

उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!