संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ ज्यामिरेका एक वृद्ध मृत फेला परेका छन् । आज बिहान करिब सवा ९ बजेको समयमा सोही स्थानका ७० वर्षीय भक्तबहादुर बस्नेत आछामे डाँडाको खोल्सामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुमन खड्का र प्रहरी चौकी लेगुवाका प्रहरी सहायक निरीक्षक महानन्द दुलालको टोली घटनास्थलमा पुगेको छ । उनले बढी मात्रामा मादक पदार्थ सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

Advertisement

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!