धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटाको सिधुवामा बन्यो स्रोत केन्द्रसहितको सामुदायिक पुस्तकालय

धनकुटा । धनकुटाको सिधुवामा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ । शनिबार पुस्तकालय दिवसको अवसरमा उक्त केन्द्रको उद्घाटन गरियो । छथरजोरपाटी गाउँपालिका–६, सिधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुरा र छथारजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्‌घाटन गरेका थिए । उक्त पुस्तकालय जापान सरकार र ...
बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

बन्दुकसहित धनकुटाको चौबिसेका जोगी पक्राउ

धनकुटा । धनकुटाको चौबिसेमा भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका–५ बैकुण्ठेका ४५ वर्षीय प्रेमबहादुर जोगीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । मौनाबुधुकस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले जोगीको साथबाट एउटा भरुवा बन्दुक, एउटा खुकुरी र एउटा चक्कु समेत बरामद गरेको छ । उनीबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्...
धनकुटाको पाख्रिबासमा चट्याङले घरमा क्षति

धनकुटाको पाख्रिबासमा चट्याङले घरमा क्षति

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–८ मा चट्याङबाट एक घर पूर्णरूपमा क्षति भएको छ । बिहीबार दिउँसो पानीसँगै चट्याङ पर्दा घरमा आगो लागेको प्रहरीले जनाएको छ । स्थानीय खेमबहादुर गिरिको घरमा चट्याङ पर्दा आगलागी भइ घर क्षतिग्रस्त भएको हाृ । घरमा कोही नबस्ने भएकाले मानवीय क्षति नभएको वडाध्यक्ष हेमबहादुर गिरिले बताए । घरको छानो लाउन ठिक पारेको ठूलो परिमाण काठ समेत जलेको छ । आगो करिब २ घण्टा पछि नियन...
बँदेल मारेको आरोपमा पूर्व डीआइजी शाहसहित १० जना पक्राउ

बँदेल मारेको आरोपमा पूर्व डीआइजी शाहसहित १० जना पक्राउ

विराटनगर । बँदेल मारेको आरोपमा पूर्व डीआइजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार राति हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह जोगिनिया कोशी पलार क्षेत्रमा बँदेल मारेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूलाई स्कारपियो गाडीमा ‘पोइन्ट टुटुु’ क्यालिबर राइफल सहित फेला पारेक...
धनकुटाको खनियाबासमा यात्रु लिएर गुडिरहेको टेम्पोमा अचानक आगलागी

धनकुटाको खनियाबासमा यात्रु लिएर गुडिरहेको टेम्पोमा अचानक आगलागी

धनकुटा । धनकुटाको खनियाबासमा गुडिरहेको टेम्पोमा आगलागी भएको छ । यात्रु लिएर छथर जोरपाटीबाट धनकुटा आउँदै गरेको अवस्थामा धनकुटा नगरपालिका–५ खनियाबासमा पुगेपछि टेम्पोमा अचानक आगलागी भएको थियो । प्र १–०२–००३ ह ३८९७ नम्बरको उक्त टेम्पो छथर जोगपाटी–३ का ४० वर्षीय कुमार लिम्बूले चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार टेम्पोमा उनीबाहेक अरु तीनजना यात्रु पनि थिए । उक्त स्थानमा पुग्दा अचानक आगो...
जसपा साँगुरीगढी गाउँ समिति अध्यक्षमा खड्ग आङ्गला

जसपा साँगुरीगढी गाउँ समिति अध्यक्षमा खड्ग आङ्गला

धनकुटा । जनता समाजपादी पार्टी (जसपा) नेपालको साँगुरीगढी गाउँ समिति अध्यक्षमा खड्ग आङ्ला चयन भएका छन् । आङ्लाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो । उपाध्यक्षमा भीम लिम्बू र पुनम लिम्बू राई छन् भने सचिवमा सुरेश याम्फू, सहसचिव नरेन्द्र लिम्बू र कोषाध्यक्षमा सुबोध इबाहाङ्ग चयन भएका छन् । यसैगरी, समितिको सदस्यहरूमा दुर्गाप्रसाद थेगिम, संगीता लिम्बू, सुमन लिम्बू, रजुला राई, हे...
श्रीकृष्ण जन्माष्टमीः धनकुटामा र्‍याली

श्रीकृष्ण जन्माष्टमीः धनकुटामा र्‍याली

धनकुटा । श्रीकृष्ण जन्माष्टमीका अवसरमा धनकुटामा विविध कार्यक्रम आयोजना गरिएको छ । विश्व हिन्दु परिषद् नेपाल र राधाकृष्ण मन्दिर व्यवस्थापन समिति धनकुटाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । यसै अवसरमा भीमनारायण चोकबाट र्‍याली निकालिएको थियो । र्‍याली भीमसेनथान, निशान मन्दिर, परिचय मोड, कोशी ग्यास र हुलाक टोल हुँदै बजारका विभिन्न भाग परिक्रमा गरी जिरो प्वाइन्टमा रहेको राधाकृष्ण मन्दिरमा प...
धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

धनकुटामा बोलेरो गाडी दुर्घटनाः दुईजना घाइते (अपडेट)

धनकुटा । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापु नजिक बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुईजना बालबालिका घाइते भएका छन् । संखुवासभाको मादीबाट सुनसरीको इटहरीतर्फ गइरहेको को १ ज २१३७ नम्बरको गाडी दिउ“सो साढे १ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था साम...
धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

धनकुटाको फोकल्याण्ड टापुमा बोलेरो गाडी दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–६ फोकल्याण्ड टापुमा केही बेरअघि बोलेरो गाडी दुर्घटना भएको छ । संखुवासभातिरबाट आइरहेको गाडी उक्त स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार साहका अनुसार दुर्घटनास्थलतर्फ टोली परिचालन गरिएको छ । टोलीले तत्काल उद्धारका काम गर्ने उल्लेख गर्दै उनले विस्तृत विवरण आउन बाँकी रहेको संगालोखबरलाई जानकारी दिए । गाडीमा चालकसहित १० जना सवार रह...
धनकुटामा प्रहरीले बरामद गरेको १० क्विन्टलभन्दा बढी गाँजा जलाएर नष्ट

धनकुटामा प्रहरीले बरामद गरेको १० क्विन्टलभन्दा बढी गाँजा जलाएर नष्ट

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको गाँजा जलाएर नष्ट गरिएको छ । धनकुटा नगरपालिका–९ स्थित तमोर नदीको किनारमा १ हजार ८३ केजी गाँजा जलाएर नष्ट गरिएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका र सहिदभूमि गाउँपालिका लगायत ठाउँबाट प्रहरीले गाँजा बरामद गरेको थियो । विभिन्न समयमा बरामद गरिएको गाँजा जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहल...
तमोर दिदीबहिनी समूहद्वारा विश्रान्तिका वृद्धवृद्धालाई भोजन

तमोर दिदीबहिनी समूहद्वारा विश्रान्तिका वृद्धवृद्धालाई भोजन

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर दिदीबहिनी बचत समूहले विश्रान्ति मन्दिर मूलघाटमा रहेका वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । तिज आगमनको सन्दर्भमा मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको छ । विश्रान्ति मन्दिर परिसरमा अशक्त तथा आफ्ना छोराछोरी नभएका वृद्धवृद्धा बस्ने गरेका छन् । उनीहरूलाई भोजन गराएर नाचगानसहित मनोरञ्जनात्मक कार्यक्रम गरिएको समूहले जनाएको छ । आश्रममा  २० जना वृद्ध र १७ जना व...
धनकुटामा बढ्यो आँप उत्पादन

धनकुटामा बढ्यो आँप उत्पादन

धनकुटा । धनकुटामा आँप उत्पादन बढेको छ । अघिल्ला वर्षहरूको तुलनामा गत आर्थिक वर्ष आँप  उत्पादन वृद्धि भएको हो । धनकुटामा ५९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा ५४ हेक्टर क्षेत्रफलमा आँप खेती गरेका किसानले १ सय ५९ मेट्रिक टन आँप उत्पादन गरेका थिए । गत आर्थिक वर्ष २०८०/०८१ मा आँप उत्पादन बढेर २ सय १८ दशमलब ३ मेट्रिक टन पुगेको कृषि...
धनकुटाको साँगुरीगढीमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते

धनकुटाको साँगुरीगढीमा पिकअप पल्टिँदा एक जनाको मृत्यु, तीन घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मुक्तेनमा गएराती पिकअप गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ । मुक्तेनबाट नाम्जे जाँदै गरेको को.२ च ११०५ नम्बरको पिकअप राती करिब ९ः१५ बजे पल्टिएको हो । दुर्घटनामा परी साँगुरीगढी गाउँपालिका ६ का ३८ वर्षीय निरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार साँगुरीगढी ६ का ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीय मिना मगर र उनकी छोरी ६ वर्षीया...
धनकुटामा चिर्पटले हानेर दाजुको हत्या

धनकुटामा चिर्पटले हानेर दाजुको हत्या

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-५ लाप्चेटारमा एक व्यक्तिले चिर्पट प्रहार गरेर भानिजदाजुको हत्या गरेका छन् । चौबिसे गाउँपालिका–६ का ५० वर्षीय कमल विश्वकर्माले भानिजदाजु साँगुरीगढी गाउँपालिका-५ का ५१ वर्षीय नर्विक विश्वकर्मामाथि चिर्पट प्रहार गरेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका बेला विवाद हुँदा कमलले भानिजदाजु नर्विकमाथि चिर्पट प्रहार गरेका हुन् । कमल फुपुको छोरा र नर्विक ...
धनकुटाको महालक्ष्मी नगरमा आज शोक बिदा

धनकुटाको महालक्ष्मी नगरमा आज शोक बिदा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज शोक बिदा दिएको छ । महालक्ष्मी नगरको शिक्षा शाखाका पूर्व प्रमुख पुष्पबहादुर कटुवालको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो । महालक्ष्मी नगरपालिका-१ घर भएका कटुवाल तत्कालीन मारेककटहरे श्रोतकेन्द्रका स्रोतव्यक्ति र सामाजिक विकास शाखाका पूर्व प्रमुख पनि हुन् । कटुवालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, नगर क्षेत्...
धनकुटाबाट ट्रकमा ल्याइएको १४ क्विन्टल गाँजा धरानमा बरामद

धनकुटाबाट ट्रकमा ल्याइएको १४ क्विन्टल गाँजा धरानमा बरामद

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको छ । ट्रकमा राखेर ओसार्दै गरेको अवस्थामा आज बिहान गाँजा बरामद गरिएको हो । बरामद भएको गाँजा १ हजार ४२० किलो भएको प्रहरीले जनाएको छ । गाँजा ओसार्ने मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ४१ वर्षीय भुपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी ...
धनकुटामा मनाइयो रोपाइँजात्रा

धनकुटामा मनाइयो रोपाइँजात्रा

धनकुटा । गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँजात्रा आज धनकुटामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । धनकुटा बजार क्षेत्रमा प्रतीकात्मक रुपमा रोपाइँ गरी यो जात्रा मनाइएको हो । हातमा बीउ लिएका रोपाहार र कोदाली बोकेर युवकहरु रोपाइँ जात्रामा निस्केका थिए । खेतमा गोरु नारेजसरी मान्छेलाई गोरुको स्वरुप जस्तै बनाई बाटोमा हिँडाइएको थियो । पुरुषले महिलाको र महिलाले पुरुषको पोशाक लगाएर जात्रामा सहभागी ...
धनकुटाको पुण्य माविका विद्यार्थीले बनाए रोबोटिक यन्त्र

धनकुटाको पुण्य माविका विद्यार्थीले बनाए रोबोटिक यन्त्र

धनकुटा । चौबिसे गाउँपालिकाको राजारानीस्थित पुण्य माविमा अध्ययनरत विद्यार्थीले रोबोटिक यन्त्रहरु बनाएका छन् । कक्षा १२ को विभिन्न सङ्कायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सातजना विद्यार्थी र तीनजना प्रशिक्षकहरूको एक महिने प्रयासमा ती सामग्री बनाइएको हो । विद्यार्थीहरूले हातले नछोइ सेन्सरबाट बिर्को उघ्रने डस्टबिन र ब्लुटुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार, अफ्ट्रयाकल अभोइडिङ्ग कार बन...
एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

एमाले धनकुटाद्वारा सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

धनकुटा । एमाले जिल्ला कमिटी धनकुटाको बैठकले जिल्ला सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ । एमाले नेता भीम राईको अध्यक्षतामा ८९ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा इन्द्र पौडेल र सचिवमा लोकेन्द्र चापागाइँलाई चयन गरिएको छ । यता, रामबहादुर श्रेष्ठको अध्यक्षतामा ९५ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको हो । समितिको उपाध्यक्षमा अगमबहादुर थापा र स...
धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटामा जसपाका केन्द्रिय सदस्यसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटा । जनता समाजवादी पार्टी केन्द्रिय निर्वाचन समितिका सदस्य धर्म राईसहित विभिन्न पार्टीका सयौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले धनकुटाले सामुदायिक भवनमा आयोजना गरेको तेस्रो पूर्ण बैठक तथा पार्टी प्रवेश कार्यक्रममा जसपा, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी लगायत पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । जसपाका कोशी प्रदेश कमिटी उपाध्यक्ष दिपेश राई, प्रदेश ...
धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइयो गाईजात्रा

धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइयो गाईजात्रा

धनकुटा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज धनकुटामा पनि मनाइएको छ । धनकुटासहित देशका विभिन्न ठाउँमा बसोवास गर्ने नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाइरहेका छन् । गाईजात्रा पर्व विशेषगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी जात्रामा सहभागी गराउने चलन छ । धनकुटाको श्रीवा...
आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

आज गाईजात्राः धनकुटा र इटहरीमा सार्वजनिक बिदा

विराटनगर । नेवार समुदायले मनाउने गाईजात्रा पर्व काठमाडौँ उपत्यका सहित आज मुलुकभर मनाइँदैछ । नेवार समुदायको बसोबास रहेका स्थानहरूमा विशेष रुपमा गाईजात्रा मनाइन्छ । पूर्वका धनकुटा, सुनसरी, इलाम, मोरङलगायत जिल्लामा पनि यो पर्व मनाइन्छ । यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिकाले गाईजात्राको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा इटहरी उपमहानगरले आफ्नो पालिका क्षेत्रमा सार्वजनिक...
पार्टी आमूल परिवर्तनका लागि अघि बढेको छः एमाले उपाध्यक्ष बराल

पार्टी आमूल परिवर्तनका लागि अघि बढेको छः एमाले उपाध्यक्ष बराल

धनकुटा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले पार्टी आमूल परिवर्तनका लागि अघि बढिरहेको बताएका छन् । पार्टी जिल्ला समितिको तेस्रो पूर्ण बैठक तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका उनले आज यस्तो बताएका हुन् । एमाले सुधारवादी नभई सुधारको कामले रूपान्तरण गर्ने पार्टी भएको बरालले बताए । ‘पार्टी सुधारवादमा नभई आमूल परिवर्तनमा लागिपर्छ’ बरालले भने । समग्र नेपाली जनताको आर्थि...
एमाले उपाध्यक्ष बराल धनकुटा आउँदै

एमाले उपाध्यक्ष बराल धनकुटा आउँदै

धनकुटा । नेकपा एमालेका उपाध्यक्ष गुरु बराल भोलि धनकुटा आउने भएका छन् । एमाले धनकुटाले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमका लागि उनी धनकुटा आउन लागेका हुन् । एमाले जिल्ला कमिटी धनकुटाको तेस्रो पूर्ण बैठक बिहान ८ बजे श्रीवानीस्थित पार्टी कार्यालयमा हुने जनाइएको छ । त्यसपछि दिउँसो ११ बजे सामुदायिक भवनमा पार्टी प्रवेशको वृहत कार्यक्रम हुने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन...
सहकारीको ऋण बेलैमा चुक्ता नगरे कारबाहीः धनकुटा नगरपालिका

सहकारीको ऋण बेलैमा चुक्ता नगरे कारबाहीः धनकुटा नगरपालिका

धनकुटा । धनकुटा नगरपालिकाले सहकारी संस्थाका ऋणी सदस्यहरूलाई ऋण चुक्ता गर्न आग्रह गरेको छ । ३५ दिने सूचना जारी गर्दै नगरपालिकाले तोकिएको समयमा ऋण चुक्ता नगरे सहकारी ऐनअनुसार कारबाही गरिने जनाएको छ ।  नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूबाट ऋण लिएर तोकिएको समयभित्र ऋणको सावाँ र ब्याज चुक्ता नगर्दा संस्थाहरूमा तरलताको समस्या भएको नगरपालिकाले उल्लेख गरेको छ । जसका कारण सदस्यहरूको...
धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटामा मङ्गलबार सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भदौ ४ गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक पर्व गाईजात्रा (सापारु) को अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।  नगर कार्यपालिकाको साउन ३२ को निर्णयानुसार नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालय, शैक्षिक संस्था, सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिएको सूचनामा उल्लेख गरिएको छ ।
पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

पहिरो खसेपछि धनकुटाको सेउले-मधुगंगा ग्रामीण सडक अवरुद्ध

धनकुटा । धनकुटा नगरपालिका–३ स्थित चिउरीबोटे नजिक पहिरो खसेपछि सेउले–मधुगंगा ग्रामीण सडक अवरुद्ध भएको छ । गएराति सडक माथिबाट पहिरो खस्दा पैदल हिँड्न समेत समस्या भएको छ । सवारी साधन सञ्चालन हुन सकेको छैन । सेउले र चिउरीबोटे बीचको खहरे खोला माथिबाट खसेको पहिरोले करिब ५० मिटर सडक क्षति पुगेको स्थानीय चेतनाथ वाग्लेले बताए । पहिरोका कारण स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री बजार पुर्याउन पनि कठिन...
धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा र तेह्रथुमलाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा

धनकुटा । धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने १७ किलोमिटर सडक सञ्चालनमा आएको छ । कोशी प्रदेश सरकारद्वारा निर्माण गरिएको सडकको बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । धनकुटाको सिधुवादेखि तेह्रथुमको शुक्रबारेसम्मको डबल लेन सडक सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका बासिन्दालाई लाभ मिल्ने सरकारको विश्वास छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्य...
धनकुटामा एक वर्ष अवधिमा ५३ जनाले गरे आत्महत्या

धनकुटामा एक वर्ष अवधिमा ५३ जनाले गरे आत्महत्या

धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८०/०८१ मा ५३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी झुन्डिएर आत्महत्या गरेको तथ्याङ्क छ । आत्महत्या गर्नेहरू मध्ये पुरुष ३५, महिला १२, बालक ३ र बालिका ३ जना छन् । त्यस्तै, विष सेवन गरी ७ जनाले आत्महत्या गरेका छन् । तीमध्ये पुरुष ६ र महिला एकजना छन् । आफैँलाई आगो लगाएर एकजना पुरुषले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  झुन्ड...
धनकुटाको कुरुलेमा वर्षाको पानी जम्मा गर्न पोखरी, कृषि कर्मलाई सजिलो

धनकुटाको कुरुलेमा वर्षाको पानी जम्मा गर्न पोखरी, कृषि कर्मलाई सजिलो

धनकुटा । कुनै समय खानेपानीको समस्या हुँदा बस्ती नै विस्थापित भएको धनकुटा कुरुलेस्थित बन्दुकेडाँडा अचेल हराभरा हुँदै गएको छ । सुख्खाग्रस्त यो ठाउँमा पोखरी निर्माण गरिएपछि हरियाली बढ्न थालेको हो । चौबिसे गाउँपालिका–३, कुरुलेस्थित बन्दुके डाँडामा पोखरी निर्माण भएसँगै अवस्था फेरिन थालेको स्थानीय बासिन्दाले बताए । कृषिसम्बन्धी गतिविधि गर्दै आएको तमोर पर्माकल्चर नामक संस्थाले बन्दुके डाँडामा पोखरी नि...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा रक्तदान

धनकुटा । २५ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सङ्घ नेपालले धनकुटामा आयोजना गरेको कार्यक्रममा ५९ पाउण्ड रगत सङ्कलन भएको छ । रेडक्रस सोसाइटी धनकुटा र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको थियो । पूर्वमन्त्री तथा संघीय सांसद राजेन्द्र राई प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश सांसद इन्द्रमणि पराजुली, निरन राई लगायतको उपस्थिति थियो । त्यस अवसरमा जनप्रतिनिधि...
error: Content is protected !!