संगालोखबर


धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । आइतबार राति १०ः३० बजे धनकुटा नगरपालिका-१ हिलेबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ का २८ वर्षीय दिपेश राई, सोही स्थानका ३३ वर्षीय राजेश तामाङ, २६ वर्षीय सुजन तामाङ र २१ वर्षीय सुमन तामाङ छन् ।

Advertisement

धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार राजेशको कोठा खानतलासी गर्दा टेबुलमा राखेको रातो प्लाष्टिकमा प्याक गरेको अवस्थामा ६ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!