धनकुटामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

धनकुटामा खाना पकाउने ग्यास लिक हुँदा आगलागी

धनकुटा । धनकुटा नगरपालिका-७ चिरबिरे चौतारास्थित एउटा घरमा खाना पकाउने ग्यास लिक हुँदा आगलागी भएको छ । आज बिहान ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एउटा कोठामा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट कोठामा भएका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । स्थानीयवासी र प्रहरीले करिब आ...
धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ को वडा कार्यालय भवन उद्‌घाटन गरिएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई कोठे भवन आज उद्‌घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्‌घाटन गरेका छन् । भवन उद्‌घाटन गर्दै नगर प्रमुख तामाङले वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गरे । यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा...
धनकुटामा कुकुर बन्ध्याकरण शिविर

धनकुटामा कुकुर बन्ध्याकरण शिविर

धनकुटा । धनकुटामा कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाको आयोजनामा शिविर राखेर कुकुर बन्ध्याकरण सुरु गरिएको हो । धनकुटा बजार क्षेत्रमा रहेका बेवारिसे कुकुरलाई भेला पारेर भेटेरिनरी अस्पताल लगेर बन्ध्याकरण गरिने छ । रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा कुमारी गौतमले जान...
धनकुटामा मनाइयो संविधान दिवस

धनकुटामा मनाइयो संविधान दिवस

धनकुटा । धनकुटामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । सहिद स्तम्भमा माल्यार्पण, प्रभातफेरी एवं अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । बसपार्कबाट सुरु भएको प्रभातफेरी मदन चोक, चुवाको बोट, परिचय मोड, भीमसेन थान, भीमनारायण चोक र सिरान बजार हुँदै जिल्ला समन्वय समितिमा पुगेको थियो । अन्तरक्रिया कार्यक्रममा उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिष्टार राजकुमार दाहालले...
धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ बरबोटेमा आज दिउँसो रुखको हाँगाले लागेर वृद्धको मृत्यु भएको छ । दिउँसो करिब ३ः३० बजे पानीको पाइप जोड्न गएका बेला रुखको हाँगा झरेर लाग्दा स्थानीय ७२ वर्षीय कमल भण्डारीको मृत्यु भएको हो । पाइप जोड्ने क्रममा सल्लाको सुकेको हाँगा झरेर लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी...
धनकुटामा संविधान दिवसको अवसरमा वृक्षरोपण

धनकुटामा संविधान दिवसको अवसरमा वृक्षरोपण

धनकुटा । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा धनकुटामा वृक्षरोपण गरिएको छ । आज डिभिजन वन कार्यालय र सामुदायिक वन महासङ्घ धनकुटाको संयोजनमा वृक्षरोपण तथा गतवर्ष रोपिएका बिरुवामा गोडमेल गर्दै मलजल गरिएको हो । धनकुटा नगरपालिका-६ स्थित हाडिखर्क सामुदायिक वनमा गतवर्ष रोपिएका बिरुवाको गोडमेल तथा मलजल गरिएको छ । हरेक वर्ष बिरुवा रोपिए पनि संरक्षण नभएको गुनासो बढेसँगै यसवर्ष रोपिएका बिरुवाको संरक...
धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्लेमा गएराती गोठ भत्किएर किच्दा एक दर्जन गाईबस्तु मरेका छन् । स्थानीय धनबहादुर तामाङको गोठ भत्किदा एक हल गोरु, एउटा गाई र ८ वटा खसीबाख्रा मरेका हुन् । तामाङ परिवारले गोठ भत्किएको आज बिहान मात्र थाहा पाएको हो । गोठ भत्किएर सबै गाईबस्तु किचिएर मरेको अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । काठ र माटोको डल्ला प्रयोग गरेर बनाइएको सो ग...
विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

विष खाएका भण्डारीको उपचारका क्रममा मृत्यु

धनकुटा । विष खाँदा गम्भीर अवस्थामा पुगेका धनकुटाको पाख्रीवासका एक वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–४ का ६० वर्षीय खेमबहादुर भण्डारीले गत आइतबार बिहान मेटासिट नामक विषादी खाएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएको थियो । उपचारका क्रममा आज बिहान करिब ३ बजे भण्डारीको मृत्यु भएको भतिज गोविन्द भण्डारीले बताए । मृतकको शवलाई पोष्टमार्टम...
धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटाबाट चोरीका मोटरसाइकलसहित चार जना पक्राउ  

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोलाबाट चोरीका मोटरसाइकल र स्कुटरसहित चार जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले हिँजो चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी-३ का २३ वर्षीय सबिन याख्खा, ३४ वर्षीय सन्त कुमार श्रेष्ठ, २४ वर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ वर्षीय आयुश विश्वकर...
धनकुटाका भण्डारीले खाए विष

धनकुटाका भण्डारीले खाए विष

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-४ का ६० वर्षीय खेम बहादुर भण्डारीले विषादी सेवन गरेका छन् । उनले आज बिहान मेटासिट नामक विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । उनले भने, ‘भण्डारी बिहान घरबाट निस्केका रहेछन् । पछि घरमा आएर मैले मेटासिट खाँए भनेपछि परिवारले थाहा पाएछन् ।’ भण्डारीलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् थप उपच...
निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरमा १२८ जना बालबालिका लाभान्वित

धनकुटा । धनकुटामा दुई दिनसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २८ जना बालबालिका लाभान्वित भएका छन् । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजना तथा विराट मेडिकल कलेजको सहयोगमा शिविर सञ्चालन भएको थियो । शिविरमा बालबालिका सम्बन्धी सबै प्रकारका रोगहरूको निःशुल्क जाँच तथा औषधि वितरण गरिएको थियो । सोही अवसरमा क्यान्सर रोग सम्बन्धी सचेतना समेत दिइएको थियो । बालबालिकाहरूको स...
धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटाको महालक्ष्मीमा खुकुरी प्रहार गरी पत्नीको हत्या 

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-१ का ३० वर्षीय विजय दर्जीले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका छन् । घरायसी विवादका क्रममा दर्जीले २५ वर्षीया सरिता दर्जीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गएराति करिब ११ बजेको समयमा विजयले पत्नीमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले संगालोखबरसँग भने, ‘पत्नी ग...
धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटाका सात वटै पालिकामा एमालेले सङ्गठन कमिटी बनाउँदै

धनकुटा । नेकपा एमालेले धनकुटाका सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्ने भएको छ । पालिका कमिटीहरूको अवधि सकिएकाले अधिवेशनसम्म तत्कालका लागि सात वटै पालिकामा सङ्गठन कमिटी निर्माण गर्न थालिएको हो । पाख्रीवास र महालक्ष्मीमा सङ्गठन कमिटी निर्माण भइसकेको छ । अब, छथर जोरपाटी, साँगुरीगढी, चौबिसे, सहिदभूमि र धनकुटा नगरमा सङ्गठन कमिटी निर्माण गरिने एमाले धनकुटाका प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन ...
विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

विद्यार्थी परिषद्को आयोजनामा प्रतिभा प्रस्फुटन कार्यक्रम 

धनकुटा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले प्रतिभा प्रस्फुटन कार्यक्रम गरेको छ । ६० औं बालदिवसको अवसरमा भाषा माध्यमिक विद्यालय धनकुटा इकाईले आज कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न प्रतियोगिता भएका थिए । नर्सरी र केजीका बालबालिकालाई तातो आलु प्रतियोगिता गराइएको परिषद्का प्रदेश सचिव जितेन लोहारले जानकारी दिए ।  तातो आलु प्रतियोगितामा सुबेक्षा तामाङ प्रथम, युबन् लिम्बू द्वितीय र रि...
दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउँछौ : राज्यमन्त्री राई

धनकुटा । कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईले दश वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने बताएकी छन् । आज सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्न धनकुटा आएकी राईले यस्तो बताएकी हुन् । मातहतका जिल्ला अस्पतालहरूमा निःशुल्क उपचारको कार्यक्रममा बजेट समेत विनियोजन गर्ने उनले उद्घोष गरिन् । राज्यमन्त्री राईल...
जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्नुहोस् : पूर्वमन्त्री राई 

जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्नुहोस् : पूर्वमन्त्री राई 

धनकुटा । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले जनताको काम छिटोछरितो ढङ्गले सम्पन्न गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई निर्देशन दिएका छन् । बिहीबार जिल्ला समन्वय समिति धनकुटाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पूर्वमन्त्री राईले यस्तो निर्देशन दिएका हुन् । ‘जनताले सामान्य काममा पनि दुःख पाइरहेका छन्’, पूर्वमन्त्री राईले भने, ‘हामीलाई जनताले जिताएर पठाएका हुन् ।...
धनकुटाबाट एक वर्षमा ३६ अर्बको तरकारी तथा फलफूल निर्यात 

धनकुटाबाट एक वर्षमा ३६ अर्बको तरकारी तथा फलफूल निर्यात 

धनकुटा । धनकुटाबाट एक वर्षमा ३६ अर्ब बढीको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ३६ अर्ब ३५ करोड ६३ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको नगदेबाली, तरकारी तथा फलफूल निर्यात भएको हो । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ३१ अर्ब ५४ करोड ६४ लाख ४९ हजार रुपैयाँ बराबरको ६ हजार ५ सय ७६ दशमलव ६७ मेट्रिक टन नगदे बाली निर्...
धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्छ : मन्त्री खड्का

धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्छ : मन्त्री खड्का

धनकुटा । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले धनकुटामा काङ्ग्रेसलाई बलियो बनाउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका खड्काले आगामी निर्वाचनमा सातवटै पालिका जित्नेगरी तयारी थाल्नुपर्ने बताएका हुन् । उनले यसमा आफूले पनि सहयोग गर्ने उल्लेख गरे । कार्यक्रममा बोल्दै खड्काले अहिलेको गठबन्धन आगामी निर्वाचन सम्म टिक्ने दाबी समेत गरे । ...
धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटाको सहिदभूमिबाट गाँजा बोकेको पिकअपसहित चालक पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका-४ खोकुबाट गाँजासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहानको राति दुई सय ८७ किलो गाँजासहित २५ वर्षीय मेखराज राईलाई नियन्त्रणमा लिएको हो । राईले चलाएको को १ च ९२९० नम्बरको पिकअप चेकजाँचका क्रममा २५ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पिकअप र चालक सहिदभूमि-४ का राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेक...
धनकुटामा मनाइयो आत्महत्या रोकथाम दिवस

धनकुटामा मनाइयो आत्महत्या रोकथाम दिवस

धनकुटा । धनकुटामा आत्महत्या रोकथाम दिवस मनाइएको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । परिचय मोडबाट निकालिएको र्‍याली सामुदायिक भवनमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएको थियो । आत्महत्याका कारण विभिन्न रहेकाले यसको रोकथामका लागि सबैले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने जिल्ला प्रहरी कार्यालय धनकु...
अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण 

अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण 

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण गरेको छ । सहिदभूमि गाउँपालिका-१ स्थित धाप स्वास्थ्य चौकीमा सोमबार आयोजित एकीकृत घुम्ती शिविरमा अपाङ्गता भएका २० जनालाई परिचय पत्र वितरण गरिएको हो । शिविरमा ४ जना महिला र १६ जना पुरुषलाई स्वास्थ्य परीक्षणसँगै परिचय पत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले जानकारी दिए । उनीहरूलाई गाउँपा...
फेसबुकको स्टाटसका कारण धनकुटाका जोशी पुगे प्रहरी हिरासतमा

फेसबुकको स्टाटसका कारण धनकुटाका जोशी पुगे प्रहरी हिरासतमा

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धनकुटाका युवा नेता सुजन भाइ जोशी प्रहरीको हिरासतमा पुगेका छन् । खानेपानी वितरणका सन्दर्भमा अश्लिल शब्द प्रयोग गर्दै स्टाटस लेखेपछि उनीविरुद्ध ‘साइबर क्राइम’ को उजुरी परेको थियो । उजुरीपछि प्रहरीले उनलाई गत मङ्गलबार पक्राउ गरेको हो । नेकपा एकीकृत समाजवादीका धनकुटा नगर कमिटी अध्यक्षसमेत रहेका जोशी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ...
चौबिसेमा तिज गीत प्रतियोगिता

चौबिसेमा तिज गीत प्रतियोगिता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा खुला सामूहिक लोक गीत प्रतियोगिता गरिएको छ । तीज पर्वको अवसर पारेर चौबिसे गाउँपालिकाले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा वडा नं. ६ को टिम प्रथम भएको छ । वडा नं.७ दोस्रो, वडा नं.३ तेस्रो र वडा नं.४ को टिमले सान्त्वना स्थान हासिल गरेको छ । उनीहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिएको छ । गाउँपालिका अ...
अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

अपाङ्गता भएकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । भदौ २४ गते सहिदभूमि गाउँपालिका वडा नं.१ स्थित धाप स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागिएको हो । अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । उनका अनुसार अपाङ्गता ...
धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा । नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसर पारेर आज बिहान जिल्ला अस्पताल धनकुटाका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । रेडक्रस सोसाइटी जिल्ला शाखाले अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका बिरामीहरूलाई फलफूल बितरण गरेको हो । रेडक्रसका कोशी प्रदेश सभापति नरेन्द्र पोख्रेल, जिल्ला सभापति छत्रकुमार श्रेष्ठ, रेडक्रसका मन्त्री रामकुमारी राई, उपसभापति ठगेन्द्र अधिकारी, कोषाध्यक्ष मुकुन्द ...
सिधुवाबाट लागूऔषधसहित तीन जना पक्राउ

सिधुवाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको सिधुवाबाट प्रहरीले आज साँझ लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सिधुवा बजारको एक चिया पसलबाट साँझ करिब ५ः३० बजे एक महिलासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा छथरजोरपाटी गाउँपालिका-५ का २२ वर्षीय लक्षु शेर्पा, मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २१ वर्षीय प्रवेश लिम्बू र सुन्दरहरैंचा-९ की २० वर्षीया सलिना क्षेत्री छन् । शङ्का लागेर चेकजाँच गर्दा साथबाट...
धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटामा बढ्यो तरकारी उत्पादन

धनकुटा । धनकुटामा तरकारी उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषकहरू व्यवसायिक कृषि कर्ममा लाग्ने क्रम बढेपछि तरकारी उत्पादन वृद्धि भएको पाइएको हो । गत आर्थिक वर्ष १ लाख ३७ हजार ४ सय ४८ मेट्रिकटन तरकारी उत्पादन भएको छ । त्यस अघिको वर्ष १ लाख ३३ हजार ५ सय ९५ दशमलव ५० मेट्रिक टन तरकारी उत्पादन भएको क...
धनकुटामा मोती जयन्तीः कवितामा कञ्चन प्रथम

धनकुटामा मोती जयन्तीः कवितामा कञ्चन प्रथम

धनकुटा । युवाकवि मोतीराम भट्टको १५९ औं जन्मजयन्तीको अवसरमा धनकुटामा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा भाषा मावि धनकुटाको कक्षा १२ की छात्रा कञ्चन बस्नेत प्रथम भइन् । प्रतियोगितामा छात्रा आषिका राई दोस्रो र नितु शाहीले तेस्रो स्थान हासिल गरिन् । उनीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपाल...
धनकुटा बस्दै आएका चौबिसेलीहरू सङ्गठित, ऋषिराम ढुंगाना बने अध्यक्ष

धनकुटा बस्दै आएका चौबिसेलीहरू सङ्गठित, ऋषिराम ढुंगाना बने अध्यक्ष

धनकुटा । चौबिसे गाउँपालिका घर भई धनकुटा सदरमुकाम बस्दै आएकाहरू सङ्गठित भएका छन् । उनीहरूको भेलाले ऋषिराम ढुंगानाको अध्यक्षतामा ‘चौबिसे एकता समाज धनकुटा’ गठन गरेको छ । पुर्खौली घर चौबिसे भई धनकुटा आएर बसोवास गर्दै आएका र विभिन्न सिलसिलामा धनकुटा बस्ने चौबिसेलीहरुको भेलाले एकता समाज गठन गरेको हो । समितिको उपाध्यक्षमा खड्गबहादुर राई, सचिवमा सोविस चेम्जोङ, कोषाध्यक्षमा महेन्द्र न्यौपाने र सहसचिवमा ...
धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटाको सहिदभूमिमा आफ्नै पाठ्यक्रम ‘सहिदभूमि गाथा’

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘सहिदभूमि गाथा’ तयार पारेको छ । उक्त पाठ्यक्रमको लोकार्पण गरिएको छ । सरोकारवालासँग विभिन्न चरणको छलफल र स्थानीय शिक्षाविद् एवं बुद्धिजीवीहरूको राय एवं सल्लाह सुझावका आधारमा तयार पारिएको पाठ्यक्रमको गाउँपालिका अध्यक्ष मनोज राईले लोकार्पण गरेका हुन् । गाउँपालिकाभित्रका हरेक कुरा विद्यार्थीहरूलाई जानकारी हुने गरी विषयवस्तु समावेश गरेर पाठ्य...
मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

मोरङको सुन्दरहरैँचा बस्दै आएका धनकुटाका दुई बालिका मृत भेटिए

विराटनगर । मोरङको सुन्दरहरैँचामा आज दुईजना बालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केराघारीभित्र दिदीबहिनी मृत भेटिएका हुन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू ३ वर्षीया आइका र १ वर्षीया अर्पणा मृत भेटिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनीहरूलाई केराघारीमा मृत अवस्थामा देखेर प्रहरीमा खबर गरेका थिए । अर्जुनकी श्रीमती २९...
error: Content is protected !!