सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा हालसम्म धानखेती हुने कुल जमिनको ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असार भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कम रोपाइँ भएको हो ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा ४ हजार ९ सय ३८ दशमलब ८९ हेक्टर क्षेत्रफलमा धान हुने खेती हुनेगरेको छ । जसमध्ये हालसम्म ११ प्रतिशत अर्थात् ५ सय ४३ दशमलव २७ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

Advertisement

जिल्लाका अधिकांश स्थानमा सिँचाइ राम्रो प्रबन्ध नहुँदा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । जसले गर्दा अपेक्षाकृत रोपाइँ हुन नसकेको ज्ञान केन्द्रले जनाएको छ ।

महालक्ष्मी, पाख्रीबास र धनकुटा नगरपालिकाको तल्लो भू-भाग साथै सहिदभूमि, छथर जोरपाटी, चौबिसे र साँगुरीगढी गाउँपालिकाको तल्लो भू-भागमा धानखेती हुनेगरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताए ।

समयमा पानी नपर्दा समस्यामा परेका कृषकलाई मलको समेत उत्तिकै चिन्ता छ । जसोतसो रोपाइँ गरेपनि समयमा नै मल नपाउँदा उत्पादनमा ह्रास आउने कृषहरू बताउँछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!