जेठदेखि बन्द ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबारदेखि उडान हुने
ताप्लेजुङ । जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा भोलि बुधबारदेखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेर उडान सुरु गर्न लागेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए उडान गर्ने निधो भएको छ । निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसयता उडान गरेको छैन ।
यसअघि सोमबार, बुधबार र...































