संगालोखबर

ताप्लेजुङ । यो वर्षको मनसुन सुरु भएयता ताप्लेजुङमा बाढीपहिरोमा परी पाँचजनाले ज्यान गुमाएका छन् । बढीपहिरोका कारण ८१ घरका ३४२ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

विस्थापित हुने अधिकांश सिरिजङ्घा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका छन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार आठवटा घरमा पूर्णरुपले क्षति भएको छ । यस्तै, जिल्लाका विभिन्न स्थानका ५५ वटा घर जोखिममा परेका छन् ।

एक सातामा बाढीपहिरोमा परी ८४ वटा पशुचौपाया मरेको प्रशासनको तथ्यांक छ । यो अवधिमा बाढीले विभिन्न खोलामा बनाइएका पक्की र काठको अस्थायी समेत गरी चारवटा पुल बगाएको प्रजिअ आचार्यले जानकारी दिए । बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसिरहेका छन् भने ११ परिवार विद्यालयमा बसेका छन् ।

पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडक क्षतिग्रस्त बनेका छन् । विद्युत् आयोजनामा पनि क्षति पुगेको छ । सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!