संगालोखबर

विराटनगर । कोशी प्रदेशको पूर्वोत्तर जिल्ला ताप्लेजुङमा गएराति भूकम्प गएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रबिन्दु भएर राति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Advertisement

भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको थियो । भूकम्पले कतै केही क्षति भएको जानकारी आइसकेको छैन । गत असार २६ गते बेलुका पनि सोही स्थान आसपास भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

२०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस बेला दुवैतर्फ गरी सयभन्दा बढीको मृत्यु भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!