संगालोखबर


ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता भदौ १० गतेसम्म सञ्चालन हुने जनाएको छ ।

Advertisement

भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाको एकसहित प्रतिष्ठित आठवटा क्लबलाई समावेश गराइने समितिका अध्यक्ष देवराज गुरुङले बताए ।

प्रतियोगितामा सङ्घर्ष सपोर्टिङ उकालीपानी ताप्लेजुङ, वाइवाई पाँचथर फुटबल क्लब, सगरमाथा सपोर्टिङ क्लब मोरङ, सलहेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी क्लब काठमाडौँ र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउने भएका छन् । ताप्लेजुङ गोल्डकपको विजेताले नगद ५ लाख ५ सय ५५ र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

त्यस्तै खेल अवधिभरका सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई समेत ५ हजार रुपैयाँ उपलब्ध गराउने समितिको भनाई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!