संगालोखबर
सांकेतिक तस्वीर

ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । त्यसतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीले जानकारी दिए ।

Advertisement

ढुंगेसाँघुबाट भुसुने जाने क्रममा प्र १–०२–००३ त ९६० नम्बरको ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेको थियो ।

ट्याक्टर चालक सनबहादुर तामाङ भने सकुशल छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!