संगालोखबर

ताप्लेजुङ । सर्पले टोकेर ताप्लेजुङमा तीनजना घाइते भएका छन् । साउन ४ देखि ६ गतेको अवधिमा जिल्लाका बेग्लाबेग्लै स्थानमा तीनजनालाई सर्पले टोकेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल लुङगेलीका अनुसार पाथीभरा याङवरक गाउँपालिका–१ नाङखोल्याङका ५२ वर्षीय भीमबहादुर राईलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई झापाको चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्रमा रिफर गरिएको छ । 

यसैगरी, यस्तै साउन ५ गते मेरिङदेन गाउँपालिका–१ थिङलाबुमा ८२ वर्षीया फूलमाया लिम्बुलाई सर्पले डसेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, साउन ६ गते फुङलिङ नगरपालिका–१० फुरुम्बुमा सर्पले डस्दा २४ वर्षीया सिर्जना राई घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि उनलाई सर्पदंश उपचार केन्द्र, चारआली रिफर गरिएको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!