संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर आज अपराह्न भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अपराह्‍न ४ बजेर ४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

Advertisement

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको थियो ।

यसैगरी, असार २६ गते बेलुका पनि सोही स्थान आसपास भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

२०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्र केन्द्रबिन्दु भई ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस बेला दुवैतर्फ गरी सयभन्दा बढीको मृत्यु भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!