संगालोखबर

ताप्लेजुङ । माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङका २३ सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । हिजो सार्वजनिक भएको नतिजाअनुसार जिल्लाका ६८ मध्ये २३ सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो ।

Advertisement

जिल्ला शिक्षा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार एक हजार ६ सय ९६ विद्यार्थी एसईईमा सहभागी भएकोमा २३७ जना मात्रै उत्तीर्ण भएका छन् ।

सबैभन्दा बढी फक्ताङलुङ गाउँपालिकाका चारवटा विद्यालयको नतिजा शून्य आएको छ । त्यहाँका रविकला मावि, आदर्श मावि, सेवालुङ मावि, सुनदेवी माविबाट कोही विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

यस्तै, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, सिदिङवा गाउँपालिका, सिरिजंघा गाउँपालिका र मैवाखोला गाउँपालिकाका ३–३ वटा विद्यालयको नतिजा शून्य आएको एकाइ कार्यालयले जनाएको छ ।

यसैगरी, मेरिङदेनको त्रिभुवन मावि, पान्दोलुङ मावि र सिंहकाली मावि, आठराई त्रिवेणीको सरस्वती मावि, गुप्तेश्वर मावि, परमसिंह माविको नतिजा पनि शून्य आएको छ । सिदिङवाको सिंहेश्वरी मावि, सरस्वती मावि र निलगिरी मावि, मैवाखोलाको नारायणी मावि, पाटीडाँडा मावि, महेन्द्र मावि, सिरिजंघाको सरस्वती मावि, राष्ट्रिय मावि र दुर्गा माविको नतिजा पनि शून्य आएको छ ।

मिक्वाखोला गाउँपालिकाको पञ्चेश्वरी मावि र साँवा मावि, पाथीभरा याङवरकको चाक्सिबोटे मावि र फुङलिङ नगरपालिका–११ फावाखोलास्थित सिम्वु माविको नतिजा पनि शून्य आएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!