संगालोखबर

ताप्लेजुङ । ताप्लेजुङको सान्थाक्रामा आज बोलेरो गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । दोभानबाट नाल्वु जाँदै गरेको ग३च ९८४७ नम्बरको गाडी दुर्घटना भएको हो । मेरिङदेन–२ सान्थाक्रामा उकालोमा नचढेपछि चालक पेम्वा शेर्पा गाडी स्टार्टमै छोडेर ओट लगाउन गाडीबाट झरेका बेला सडकबाट २० मिटर तल गाडी खसेको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार फुङलिङ नगरपालिका–४ की २८ वर्षीया कान्छीमाया शेर्पा, उनका तीन वर्षका छोरा पासाङ डण्डु शेर्पा र मिक्वाखोला–४ साँवाकी २५ वर्षीया उर्मिला लिम्बू घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । गाडीमा बालबालिकासहित १० जना सवार थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!