पहिरोले ताप्लेजुङमा एकै घरका चारजनाको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको छ । बिहिवार राति झरेको पहिरोसँगै घर बग्दा उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा, उनकी श्रीमती ५० वर्षीया जसमाया लिम्बु, तथा छोरीहरु गंगा र जमुनाको मृत्यु भएक...





















