ताप्लेजुङको पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स
ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पर्यटन प्रहरी हेल्प डेक्स सञ्चालनमा आएसँगै तीर्थयात्रीलाई सहज भएको छ । दैनिक सयौँको संख्यामा पाथिभरामा तीर्थयात्री पुग्ने गरेका छन् ।
तीर्थयात्री र यस क्षेत्रको सुरक्षाका लागि तल्लो फेदी अर्थात काफ्लेपाटीमा पर्यटन प्रहरी हेल्प डेक्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हो । हेल्प डेक्स साउनमा स्थापना गरिएको हो ।
‘चिसो पनि बढी हुने, ...






























