संगालोखबर

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

Advertisement

इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ । अख्तियारले घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा इटहरीबाट खटिई गएको टोलीले हुसेनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिकाका सबइन्जिनियर घुसहित पक्राउ

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!