ओखलढुंगामा जलेर आमा–छोराको मृत्यु
विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगोमा जलेर आमा छोराको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीया पुण्यकुमारी धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको हो ।
सिद्धिचरण नगरपालिका–१० बाहुनडाँडामा पाखामा डढेलो लाग्दा नजिकै रहेको खर घाँस जोगाउने क्रममा जलेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
ओखलढुंगाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड...










