ओखलढुंगामा एसईई परीक्षार्थीलाई पानी पैँचो तिर्नै सकस
ओखलढुंगा । चिसंखुगढी गाउँपालिका–१ कुइभीरका गोपाल अधिकारी एक बोतल पानीले खाना बनाउँछन् । त्यो पानी उनका छोरीहरूले घरबेटीसँग पैंचोमा लिएका हुन् । छोरीले परीक्षा दिएर फर्केपछि पैंचो तिर्नुपर्छ । अधिकारी र दुई छोरीसहित सिद्धिचरण नगरपालिका–२ निसंखेमा डेरा लिएर बसेका छन् । उनीहरूको एसईई परीक्षा केन्द्र हिमालय मावि निसंखे हो ।
डेरामा आएर खाना खाएको हात नओभाउँदै दुई छोरी एक घन्टा दुरीमा रहेको धारामा बो...





