संगालोखबर


ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । ५० वर्षीय कार्कीको बुधबार बेलुका काठमाडौंमा निधन भएको हो ।

हड्डीको क्यान्सरबाट पीडित भएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Advertisement

गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष कार्कीको निधनको शोकमा मोलुङ गाउँपालिकाले बिहिवार एक दिन गाउँपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!