
सोलुखुम्बु । ओखलढुङ्गा र सोलुखुम्बुका तीन विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवाको आयोजना एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ मा रहेको कालिका माध्यमिक विद्यालय र सुनकोशी गाउँपालिका-१० मा रहेको त्रिवेणीधाम गुरुकुल संस्कृत आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
यस्तै सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ सल्लेरीस्थित जन जागृती नमुना माध्यमिक विद्यालयमा अध्ययनरत सय जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विद्यार्थी परिषद्का कोशी प्रदेश उपाध्यक्ष फुरी शेर्पा, परिषद्का कोशी प्रदेश संगठन सचिव मनिष बन्जाडे लगायतले शैक्षिक सामग्री वितरण गरेका थिए ।

संगालोखबर 

















