संगालोखबर

ओखलढुंगा । ओखलढुंगामा पहिरोले पुरिएका आमा छोरीलाई उद्धार गरिएको छ । पहिरोले दुईवटा टहरासहित उनीहरु पुरिएका थिए । भोजपुर घर भई सिद्धिचरण नगरपालिका–१२ मा होटल गर्दै आएकी इन्दिरा खत्री र उनकी १३ वर्षीया छोरी लक्ष्मी टहरासँगै पहिरोले पुरिएका थिए ।

Advertisement

स्थानीय बासिन्दा र प्रहरी मिलेर उनीहरुको उद्धार गरेका थिए । प्रहरीका अनुसार दुवैलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लगिएको छ । बालिकाको खुट्टालगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जनाइएको छ ।

नाला पुरिएर पानी जमेपछि सडकको डिल खस्दा पहिरो गएको थियो । गएराति निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाभरका सडक क्षतिग्रस्त बनेका छन् । कतिपय स्थानमा साना ठूला पहिरो खसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

ओखलढुंगामा पहिरोले ५ घरमा क्षति, विस्थापित परिवार विद्यालयमा

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!