संगालोखबर

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका-५ को वडाध्यक्षमा नेकपा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहाललाई २ सय २२ मतले पछि पार्दै एमालेका तामाङ वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

Advertisement

तामाङले ३ सय ९९ मत ल्याउँदा दाहालले १ सय ७७ मत पाएका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले १ सय ५१ मत पाएका छन् । मतपरिणामका आधारमा माओवादी केन्द्र चौथो स्थानमा छ । माओवादी केन्द्रका मानबहादुर सुनुवारले २३ मत मात्र पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणि दाहाल र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३/३ मत मात्र पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मोलुङ–५ का वडाध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएपछि उपनिर्वाचन गरिएको हो ।

यता, ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!