संगालोखबर
फाइल तस्बिर

विराटनगर । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ भदौरेमा पुनः एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । बोहोरे टोलका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको हो ।

आज बिहान करिब ७ बजेतिर उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू सानो पसल सञ्चालन गर्दै आएका थिए ।

पसलमा लुटपाट गरी उनीहरूको हत्या भएको प्रहरीको अनुमान छ । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको ओखलढुङ्गामा प्रहरी प्रमुख डीएसपी मदन केसीले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

एक महिनाअघि पनि चिशंखुगढी भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापामगरको हत्या भएको थियो । मगर दम्पतीको हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!