
विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुङ्गाबाट १२ जना प्रतिनिधि निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट विजयी भएका सबै प्रतिनिधि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका छन् ।
ओखलढुंगाबाट खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत निर्वाचित भएका छन् । महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै ४० वर्षमुनिको युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधिमा निर्वाचित भएका छन् । १२ जना प्रतिनिधिका लागि ओखलढुङ्गामा ४१ जनाले उम्मेदवारी दिएका थिए ।

संगालोखबर 













