संगालोखबर

ओखलढुंगा । पहिरोले घरसँगै पुरिएर घाइते भएका बाबु छोरीलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । चिशंखुगढी गाउँपालिका–५ स्थित थुम्कीका ३९ वर्षीय बाबुराम खत्री र उनकी छोरी मेनुका खत्रीलाई उपचारका लागि काठमाडौं पठाइएको ।

Advertisement

काठमाडौंको टिचिङ अस्पतालमा उनीहरको उपचार गरिने भएको छ । पहिरोले घर पुर्दा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरुको प्रारम्भिक उपचार ओखलढुंगामै गरिए पनि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!