संगालोखबर

ओखलढुङ्गा । भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा मृत्यु भएका स्कुटर चालक ओखलढुङ्गाका व्यक्ति भएको खुलेको छ । हिजो दिउँसो ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Advertisement

उक्त घटनामा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ खहरे भन्ने स्थानमा स्थायी घर भइ काठमाडौँको कपन बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको खुलेको हो ।

ठक्कर दिएपछि ढलेका उनलाई ट्रक चालकले जानाजान किचेर ज्यान लिएको घटनास्थल वरपरका बासिन्दाले बताएका छन् । सार्वजनिक भएका केही भिडियोमा पनि त्यस्तै देखिन्छ । ठक्करपछि ट्रकले करिब ५० मिटर परसम्म घिसारेको देखिन्छ ।

दुर्घटनापछि एकजना महिलाको मृत्यु भएको हल्ला फैलिएको थियो । प्रहरीले पनि स्थानीय बासिन्दाको हवाला दिंदै महिलाको मृत्यु भएको जनाएको थियो । त्यही आधारमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए ।

घटनालगत्तै फरार रहेका ट्रक चालक राति पक्राउ परेका थिए । यसैगरी, स्थानीय बासिन्दाले ट्राफिक प्रहरीले असुरक्षित तवरले सवारी जाँच गर्दा दुर्घटना भएको आरोप पनि लगाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!