संगालोखबर

सुनसरी । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा सम्पन्न तेस्रो राष्ट्रिय माझी डुंगा दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ । प्रतियोगिताको सिंगल बिधातर्फ सुनसरीका चन्द्र माझी र जीवन माझीले ३ मिनेट ३ सेकेन्डमा डुंगालाई नदी वारपार गराई प्रथम भएका हुन् ।

Advertisement

यसैगरी, ३ मिनेट १२ सेकेन्डमा नदी वारपार गरी ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितीय स्थान हासिल गरेका छन् । ३ मिनेट १६ सेकेन्डमा नदी वारपार गरी रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतीय स्थान हासिल गरेका छन् । यस्तै, ३ मिनेट २४ सेकेन्डमा नदी वारपार गरी सिन्धुली खाँङसाङका पेशल माझी र डिल्ले माझीले सान्वना पुरस्कार प्राप्त गरे ।

डबल विधातर्फ २ मिनट ४४ सेकेन्डमा डुंगालाई नदी वारपार गराई सुनसरीको समूह प्रथम भएको छ भने २ मिनेट ५० सेकेन्डमा डुंगालाई वारपार गराई रामेछाप राताटारको समूहले द्वितीय स्थान हासिल गरेको छ । त्यसैगरी, २ मिनेट ५१ सेकेन्ड लगाई वारवार गरेर ओखलढुंगाले तेस्रो पुरस्कार हासिल गरेको छ भने सुनसरी ‘ए’ ले २ मिनेट ५३ सेकेन्डमा नदि वारपार गरी सान्त्वना स्थान हसिल गरेको छ ।

प्रतियोगिताको सिंगल विधामा २ जना र डबल बिधामा ४ जनाको समुह रहेका थिए । उक्त प्रतियोगितामा देशभरका माझी समुदायका खेलाडीहरुको सहभागिता थियो । प्रतियोगितामा डवल विधातर्फ २९ समूह र सिङ्गल विधातर्फ २६ समूहको सहभागिता थियो ।

माझी समुदायको परम्परागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायलाई राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलका रुपमा मान्यता दिएसँगै हरेक बर्ष यो प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!