संगालोखबर


विराटनगर । ओखलढुङ्गामा भएका दुईवटा विभत्स हत्याकाण्डको सफल अनुसन्धान गरी अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन सफल प्रहरी निरीक्षक प्रकाश थापा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इन्स्पेक्टर थापालाई २०८२ साल पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

गत असोज २६ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ चार्खुमा ५२ वर्षीया रत्न कुमारी कटवालको हतियारधारी समूहले बन्चरो प्रहार गरी हत्या गरेको थियो । हत्यापछि उक्त समूहले नगद र सुनका गहना लुटपाट गरेको थियो । उक्त जटिल घटनाको थापाले सफल अनुसन्धान गरेका थिए ।

यस्तै पुस १५ गते ओखलढुङ्गाकै चिशंखुगढी गाउँपालिका-६ का किराना पसल सञ्चालक ६० वर्षीय सोवितमान थापा मगर र उनकी पत्नी रत्नमाया थापा मगरको कोदालो प्रहार गरी बीभत्स हत्या भएको थियो ।

हत्यापछि १ लाख नगद र ८ तोला सुन लुटिएको उक्त घटनामा संलग्न ४ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन थापाले भूमिका खेलेका थिए ।

विभागीय मूल्यमान्यता र आदेशको पालना गर्दै उच्च मनोबल तथा साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकोमा थापालाई पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!