संगालोखबर


विराटनगर । अविरल वर्षाका कारण अवरुद्ध बनेका मेची र सिद्धिचरण राजमार्ग सुचारु भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ मा माथिबाट झरेको पहिरोले मंगलबार साँझ राजमार्ग अवरुद्ध भएको थियो ।

ओखलढुंगाका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर विजय कार्कीले पहिरो पन्छाएर बिहानैदेखि सवारी-साधन आवागमन सुचारु गरिएको जानकारी दिए । पहिरोका कारण रोकिएका सवारी गन्तव्यतर्फ गइसकेका कार्कीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

सडक डिभिजन कार्यालय र सिद्धिचरण नगरपालिकासँगको समन्वयमा पहिरो पन्छाएर सडक सुचारु गरिएको उनको भनाइ छ ।

यस्तै मंगलबार बेलुकादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत पाँचथर-ताप्लेजुङ सडकखण्ड पनि आज बिहान ९ बजेदेखि सुचारु भएको छ । अहिले ठूला-साना सबै सवारीसाधन चल्नेगरी डाइभर्सन मर्मत गरेर सवारी सञ्चालनमा ल्याइएको हो ।

बाढीका कारण मंगलबार काम गर्न नसकिएपछि बुधबार बिहान ४ बजेदेखि नै मर्मत कार्य सुरु गरिएको थियो । बिहानदेखि हेवा खोलामा पानीको बहाव घटेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!