मोरङका उद्योगी, व्यवसायीको सुझाव: अब अति भयो, बन्दाबन्दी सधैका लागि अन्त्य गरौ
बिराटनगर । मोरङका उद्योगी, व्यवसायीहरुले लामो समयको लकडाउन र निषेधाज्ञाका कारण औद्योगिक क्षेत्र अस्तव्यस्त भएको भन्दै अब सधैका लागि बन्दाबन्दी अन्त्य गर्न सुझाव दिएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र बिराट व्यापार संघले बुधबार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै अब निषेधाज्ञा नथप्न प्रशासनलाई सुझाव दिएका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश ...
























