- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाका कृषकहरुलाई १ करोड भन्दा बढी मूल्य बराबरको कृषि सामाग्री तथा बीउ विजन वितरण गरिएको छ । गाउँपालिकाका १ हजार ८ सय १४ कृषकलाई प्रति कृषक ५ हजार ९ सय ८५ मूल बराबरको कृषि सामाग्री तथा बीउ विजन वितरण गरिएको हो ।

Advertisement

स्वीस सरकार विकास सहयोग अन्तर्गत प्राप्त १ करोड ८ लाख ५६ हजार मूल्य बराबरको उक्त कृषि सामाग्री तथा बीउ विजन कारितास नेपाल नामक संस्थाले बितरण गरेको सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । सहिदभूमी गाउँपालिका–२ साम्वुगाउँमा मंगलबार आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर राना, प्रदेश सांसद ईन्द्रमणी पराजुली, निरन राई, सहिदभूमि गाउँपालिका अध्यक्ष राई लगायतले कृषकहरुलाई कृषि सामाग्री तथा बीउ विजन वितरण गरेका छन् ।

कृषकहरुलाई टमाटर, चौमासे सिमी, मार्फा जातको रायो साग, काउली र बन्दाकोभीको बीउ वितरण गरिएको छ । त्यस्तै तीन प्रकारको बिषादी, बिसादी छर्कने भाडो (म्यापस्याक स्प्रियर), सुस्म खाद्य तत्व, बीउ भण्डारण झोला, पानी छर्कने हजारी र काट्ने स्केचर प्रदान गरिएको छ ।

गाउँपालिकाका ७ वटै वडाका कृषकहरु छनौट गरेर कृषि सामाग्री तथा बीउ विजन वितरण गरिएको हो । सामाग्री वितरणका लागि कोरोना प्रभावित कृषकहरुलाई प्राथमिकतामा राखिएको छ । छनौटमा परेका तथा सामाग्री वितरण गर्न बाँकी रहेका कृषकहरुलाई केही दिन भित्रै कृषि सामाग्री तथा बीउ विजन वितरण गरिने भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!