- संगालोखबर सम्वाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य १०६ रुपैंया, डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंयाँ कायम भएको छ ।

Advertisement

यो मूल्य बिहीबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएकाले सोही अनुसार मूल्य समायोजन गरिएको हो ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!