- संगालोखबर सम्वाददाता

धनकुटा । मुक्तिनाथ विकास बैंकले युरोपियन माइक्रोफाइनान्स अवार्ड पाएको छ । साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गर्दै आएको बचत सेवा र त्यसले पारेको सकारात्मक परिवर्तनलाई मूल्यांकन गरेर अवार्ड प्रदान गरिएको हो ।

Advertisement

लक्जमवर्गमा बिहिबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले गरेको अध्ययनका आधारमा मुक्तिनाथ बैंक बिजयी बनेर पुरस्कृत भएको हो । अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्था सहभागि थिए । उक्त प्रतियोगिताका लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र ईथोपियाको १/१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।

पुरस्कार वापत मुक्तिनाथ बैंकले नगद १ लाख युरो पाएको छ । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरुलाई डिजिटल बैंकिङ्गमा सहभागी गराउने काम गरिने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

मुक्तिनाथ बैंकले ४२ जिल्लामा रहेका १३८ शाखा मध्ये ११८ शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । साना तथा लघु बैंकिङ्ग अन्तर्गत १ लाख ८० हजार भन्दा बढी ग्राहक सदस्यहरुले प्रत्यक्ष सेवा लिनुका साथै यो क्षेत्रमा १७ अर्ब भन्दा बढी लगानी गरिएको बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!