- संगालोखबर सम्वाददाता


विराटनगर । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउन पालिका, जिल्ला अस्पताल र प्रशासन कार्यालयलाई थप रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषबाट एक करोड १० लाख रकम पठाईएको हो ।

मोरङको सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०/१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५/५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाईएको छ । त्यस्तै, चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगञ्ज र कमल गाउँपालिकालाई ५/५ लाख रकम दिईएको छ । इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम उपलब्ध गराईएको छ ।

Advertisement

सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम प्रदेश सरकारले पठाएको छ । स्थानीय पालिकाहरुको आवश्यकता र माग बमोजिक प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!