- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर–२ स्थित ओशो ध्यान आश्रमलाई ओशो साधक डुल्लुराज बस्नेत (स्वामी बितराग) ले पाँच लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वकर्मचारीसमेत रहेका बस्नेतले आश्रम संचालन सहयोगका लागि अक्षयकोष निर्माण गर्न सहयोग प्रदान गरेका हुन् ।

Advertisement

आश्रममा आईतबार एक कार्यक्रमबीच कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । गत माघ महिनामा स्वामी आनन्द अरुणको ध्यान शिविर चलेका बेला आश्रम संचालानार्थ हेतु अक्षय कोष खडा गर्न दाताले सहयोग गर्ने घोषणा गरेका थिए । तीमध्ये बस्नेतले रकम हस्तान्तरण गरेका हुन् । बस्नेतले ओशो सन्यासीमाझ भने,‘म पनि ध्यान र साधनासंग जोडिएको छु । आश्रमसँग मेरो पनि लगाव छ । आश्रममा ध्यानलगायत गतिविधि गर्न थोरै भएपनि सहयोग पुगोस भनेर सहयोग गरेको हुँ ।’

आश्रममा ओशोले प्रतिपादन गरेका ध्यानका नियमित कार्यक्रम हुँदै आएको भएपनि अहिले कोरोनाको महामारीका कारण नियमित कार्यक्रम स्थगित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!