रासस

भोजपुर । बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान समस्यामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्या परेका हुन् । उत्पादन भने राम्रै भइरहेको छ । विगत वर्षमा प्रतिमन रु २० देखि २५ हजारमा चिराइतो बिक्री गर्दै आएका यहाँका कृषक यस वर्ष प्रतिमन रु ६ हजारमा बिक्री गर्न बाध्य भए ।

Advertisement

स्थानीय कृषक एकराज विष्टले भने, “बाह्र रोपनी बारीमा चिराइतो खेती गरिरहेको छु । मूल्य वर्षेर्नी बृद्धि हुनु अलवा घटीरहेको छ । उत्पादन त राम्रो छ तर बजारीकरणमा समस्या छ ।” परिवारसँग बसेर आफ्नै ठाउँमा गरिने खेती भएकोले विदेशमा दुःख गर्नुभन्दा हाल पाउने गरेको मूल्यमै चित्त बुझाएर काम गरिरहेको विष्टको भनाइ छ ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका मार्ने, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय कृषका देवबहादुर विष्टले बताए । चिराइतो बहुउपयोगी जडीबुटी हुनाले भविष्यमा यसको मूल्य राम्रो हुने उनको भनाइ छ ।

कृषकले उत्पादन गरेको चिराइतो अहिले आफ्नै फर्मबाट प्रतिमन रु ६ हजारले बिक्री हुने गरेको छ । मनको थोरै मूल्य भए पनि अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!